कैलाली : सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ३३ अर्ब ४७ करोड रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ। तर, बजेट पारित हुनुअघि सत्तारूढ गठबन्धनभित्रकै सांसदहरूले आपत्ति जनाउँदै गम्भीर आरोपसमेत लगाएका छन् ।बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै पारितका लागि प्रस्ताव पेस गरेका थिए ।
उनले प्रस्तुत गरेको बजेटमध्ये ५९.२५ प्रतिशत (१९ अर्ब ८३ करोड रुपैयाँ) पुँजीगत खर्चतर्फ र ३०.४९ प्रतिशत (१० अर्ब २० करोड रुपैयाँ) चालू खर्चतर्फ विनियोजन गरिएको छ ।तर, बजेटमाथिको छलफलमा सहभागी सत्तारूढ नेकपा एमाले का सांसद धर्मराज पाठकले बजेट प्रक्रियामा बदमासी भएको गम्भीर आरोप लगाए ।
सांसद पाठकले बजेटमार्फत कमाउधन्दा भइरहेको दाबी गर्दै भौतिक पूर्वाधार मन्त्रालयप्रति नैतिक प्रश्नसमेत उठाए । प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अभिव्यक्ति थप विवादमा तानिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij