काठमाडौँ: क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको “प्यान्टोलक” औषधी न्यून गुणस्तरको पाईएपछि औषधी व्यवस्था बिभागले बिक्री बितरण तथा प्रयोगमा रोक लगाएको छ।बिभागद्धारा असार १६ गते जारी सूचनामा औषधीको बिक्री वितरण रोक्का सम्बन्धी अत्यन्त जरुरी भन्दै सूचना जारि गरेको छ।
क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको PANTOLOC ब्याच TBT-129(B) को औषधी राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा रउक्त ब्याचको औषधी न्यून गुणस्तरको पाईएको हो।
औषधीको बिक्री बितरण तत्काल रोक्का राखी उक्त ब्याचको औषधीको Lab Investigation तथा Failure/Route Case Analysis Investigation Report समेत पेश गर्न औषधी व्यवस्था बिभागले क्युरेक्सलाई भनेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij