काठमाडौँ : ललितपुरको ठैवमा सुधार गृहबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
संगिनी वृहत सुधार गृहको दुई तले भवनको छतबाट हामफालेका २९ वर्षीय सोनु राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले रातोपाटीलाई बताए । राई सुनसरीको रेल्टीचौरका स्थानीय हुन् । ललितपुरको ठैवमा राज कुमार गुरुङले सञ्चालन गरेको सुधार गृहमा उनी १३ दिनअघि मात्रै भर्ना भएका थिए ।
मंगलबार बिहान छतबाट हामफालेपछि उनलाई सुरुमा मेडिसिटी अस्पताल र त्यसपछि पाटन अस्पतालमा लगिएको सुधार गृहका सञ्चालक राजकुमार गुरुङले रातोपाटीलाई बताए । मृतकलाई लागुऔषध (सिरिन्ज)को लत छुटाउन परिवारका सदस्यहरूले सुधार गृहमा भर्ना गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij