Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता नेपालमा

शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता नेपालमा

काठमाडौँ : शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता नेपाल आएका छन् । असार १८ गतेदेखि अन एयर हुन लागेको बिजनेस रियालिटी शो शार्क ट्याङ्क नेपाल सिजन–१ को प्रिमियरका लागि उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् ।

उनी शार्क ट्यांक इन्डिया तथा इलेक्ट्रोनिक कम्पनी बोटका सहसंस्थापक हुन् । सो अवसरमा गुप्ताले शार्कका रूपमा आफ्ना अनुभव सुनाउनुका साथै नेपाली शार्कसँग अन्तरक्रियासमेत गर्ने बताइएको छ ।

विश्वका करिब ५६ देशमा प्रसारण भइरहेको बिजनेस रियालिटीको यो नेपाली संस्करणको पहिलो सिजन हरेक बुधबार र बिहीबार राती ९ बजे हिमालय टेलिभिजनमा हेर्न पाइनेछ । जहाँ १ सय १० वटा कम्पनीले शार्कका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij