Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

काठमाडौँ : रौनक श्रीवास्तवको शानदार शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाइ ३५९ रनको विशाल लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । विशाल योगफल बनाउन रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए । त्यस्तै, जोय थापा ६१ रनमा अविजित रहँदा शिवांश बजगाईँले ५४ रन बनाए ।यस्तै, भुटानका सञ्जय दर्जीले ३ विकेट लिँदा तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म खेलेका तीन वटै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट