नेपाली फिल्म क्षेत्रमा एक दशक अगाडिसम्म राम्रै राज गरेका नायक जीवन लुइँटेल फेरि दर्शकमाझ आउने तयारीमा छन् । पुराना कलाकारहरूले धमाधम अभिनयमा कमब्याक गरिरहेको समयमा अब जीवनले पनि आफूलाई दर्शकमाझ ल्याउन लागेका हुन् । तर, उनले कमब्याकका लागि फिल्म नभएर रंगमञ्च रोजेका छन् ।
नायिका रेखा थापालाई नाटकमा अभिनय गराउँदै रंगमञ्चको दुनियाँमा बलियो सुरुवात गरेको कान्तिपुर थिएटरले अब जीवनलाई पनि ‘शिरीषको फूल’ नामक नाटकबाट दर्शकमाझ कमब्याक गराउन लागेको हो ।
यो नाटकमा जीवन ‘सुयोगवीर’ पात्रको भूमिकामा देखिदैछन् । साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित रहेर तयार पार्न लागिएको यो नाटकलाई कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले निर्देशन गरिरहेकी छिन् । कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सिइओ प्रकाश पुरीले नाटककै लागि जीवन आउँदो साता नेपाल आउने बताए ।
उनले भने–‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आधारमा परिपक्व पात्र चाहिएको थियो । उहाँलाई प्रस्ताव गर्यौँ । उहाँ काम गर्नका लागि तयार हुनुभयो । नाटकमा ‘सकम्बरी’ पात्रको भूमिका अभिनय गर्ने कलाकारको नाम भने खुलाइएको छैन । साउनको १ गतेबाट यो नाटकको मञ्चन हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij