Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भुटानविरुद्ध रौनकको शतक

भुटानविरुद्ध रौनकको शतक

 काठमाडौं : मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ ।

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो । समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट