हेटौंडा : हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतको वनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला ल्याउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक सामान्य घाइते भएका छन्।
दुई वटा क्रेनको सहायतामा बिहान ४–४५ बजे ट्रकभित्र च्यापिएका चालक भारतको गाजीपुर, पुरैनिया बस्ती निवासी ४५ वर्षिय महेन्द्र यादव लाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। तर ,डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा प्रयोग भएको ट्रकलाई सडक किनारमा साइडमा राखिएको प्रहरीले जनाएको छ।
आज बिहान करिब २–३० बजे पूर्व–पश्चिम लोकमार्गको चार्जिङ पोइन्ट नजिकै यूपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक ब्रेक फेल भएर सडकको दाहिने किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । ट्रक पल्टिएर चालक ट्रकभित्रै च्यापिएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। सहचालक भारतको गाजीपुर निवासी करिब २६ वर्षीय मनोज यादवलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाइएकोमा उनी सामान्य अवस्थामा रहेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij