काभ्रे : काभ्रेको नार्केमा लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर ९ स्थित नार्केमा लेदोसहित आएको पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार साँझ ५ बजेको समयमा वर्षातका कारण लेदोसहित आएको पहिरो खस्दा बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।अवरुद्ध भएको राजमार्गलाई ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्य र समन्वयमा खुलाउने प्रयास जारी रहेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij