Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

मेयरकै उपस्थितिमा चल्यो डोजर, वीरगञ्जमा सडक विस्तार सुरु

मेयरकै उपस्थितिमा चल्यो डोजर, वीरगञ्जमा सडक विस्तार सुरु

काठमाडौँ : त्रिभुवन राजपथको वीरगञ्ज महानगरपालिका खण्डमा पर्ने सडक विस्तार सुरु भएको छ । महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नै उपस्थितिमा डोजर चलाएर विस्तारको अगुवाइ लिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साका आग्रहमा मेयर सिंहले डोजर चलाउन सहजीकरण गरेका हुन् ।तीन वटा डोजरसहितको टोली लिएर मेयर सिंहले भन्सार क्षेत्रबाट विस्तार गरेका थिए । भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताएका छन् ।

यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो । रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना बढिरहेको थियो ।

सडकको दायाँबायाँ २५/२५ मिटर हटाउनुपर्ने मापदण्ड भएपनि सडक विस्तार विरुद्ध स्थानीयले मुद्दा दायर गरेपछि रोकिएको थियो । सर्वोच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगन्ज महानगरपालिकाले आजबाट सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचना हटाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij