Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

धनगढीमा डुबान : आठ जनाको उद्धार

धनगढीमा डुबान : आठ जनाको उद्धार

कैलाली : निरन्तरको वर्षाका कारण धनगढी उपमहानगरपालिका विभिन्न ठाउँहरू डुबानमा परेका छन् । डुबानमा परेका वडा नम्बर ७ स्थित बेली गाउँका चार जना र वडा नम्बर १३ स्थित श्रीलंकाका चार जनाको सोमबार उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेली गाउँका सिताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरी नजिकैको आफन्तको घरमा सुरक्षित राखिएको छ । यस्तै धनगढी–१३ स्थित श्रीलंकाका भागीराम चौधरीको परिवारका चार जनालाई पनि उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको डीएसपी सिंहले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्रका करिब एक हजार घरमा पानी पसिसकेको छ ।उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १० डुबानबाट प्रभावित भएका छन् । हालसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij