Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

धान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना : कृषिलाई प्रविधिमैत्री बनाएर उत्पादन बढाउनुपर्छ

धान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना : कृषिलाई प्रविधिमैत्री बनाएर उत्पादन बढाउनुपर्छ

काठमाडौं :  धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक मार्फत लेख्नु भएको छ, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।”

उहाँले अबको आवश्यकता परम्परागत कृषिलाई प्रविधिमैत्री बनाउँदै आधुनिक प्रणालीमार्फत उत्पादनशीलता बढाउनु रहेको बताउनुभयो। उहाँले लेख्नुभएको छ, “अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ।”

धान दिवसको अवसरमा उहाँले सबैमा शुभकामना दिँदै लेख्नुभएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना।”

धान दिवस, नेपाली समाजको जीवनशैली, संस्कार र कृषिप्रतिको श्रद्धाको प्रतीकको रूपमा हरेक वर्ष असार १५ गते मनाइन्छ। देशैभर रोपाइँ गर्दै र दहीचिउरा खाँदै कृषक समुदायले आजको दिन उल्लासपूर्वक मनाउने चलन छ।

 

 

 

 

ब्कप ऋजबतन्एत्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij