Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

सिराहामा एक युवक मृत भेटिए, हत्याको आशंका

सिराहामा एक युवक मृत भेटिए, हत्याको आशंका

सिराहा : सिराहामा एक दलित युवक मृत भेटिएका छन् । आज बिहान सिरहाको हर्नमा गाउँपालिका वडा नम्बर–स्थितको खेतमा ३४ वर्षीय दलित युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

बुदियाचापमा स्थित खेतमा अन्दाजी ३४ वर्षीय अजय महरा मृत भेटिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । उनका अनुसार आज बिहान महरा आफ्नो घर भन्दा एक किलोमिटर दूरीमा रहेको खेतमा मृत भेटिएका हुन् ।

प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा महरा राती आफ्नो घरमा सुतिरहेका थिए । तर बिहान घरमा नभेटिएपछि उनको खोजबिन गर्दै जाँदा खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता पासवानले भने, ‘महराको घाँटीमा प्लास्टिकले बेरिएको छ, घटना शङ्कास्पद छ । यद्यपि, पोस्टमार्टममा विस्तृत विवरण खुल्नेछ ।’

उनका अनुसार अहिले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेकोले छ, त्यसपछि पोष्टमार्टमका लागि शव अस्पताल पठाइनेछ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij