Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उत्पादन बिक्रीको आधारमा अनुदान प्रदान

दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उत्पादन बिक्रीको आधारमा अनुदान प्रदान

धादिङ : धादिङ जिल्लाका स्थानीय तहहरूमा बिस्तारै ब्यवसायीक गाई भैँसी पाल्ने किसानहरू बढ्न थालेको छ । गत वर्षको तुलनामा विभिन्न स्थानीय तहमा यस वर्ष तिन हजार भन्दा धेरै गाई भैँसी जिल्लाका किसानहरूले थपेका हुन् ।जिल्लाका स्थानीय तह मध्य शिद्धलेक गाउँपालिकाले भने दुग्ध उत्पादनमा लागेका किसानहरूलाई उत्पादन पछि बिक्रीको आधारमा अनुदान दिन समेत सुरु गरेको छ । शिद्धलेक गाउँपालिकाका किसानहरूले गत वर्ष मात्रै चार लाख लिटर दूध बिक्री गरी तिन करोड भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । सो तहमा तिन ओटा सहकारी मार्फत पाँच सय पचास भन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन् । वार्षिक रूपमा पाँच हजार लिटर भन्दा धेरै दूध बिक्री गर्ने किसानहरूलाई प्रोत्साहन स्वरूपमा अनुदानको व्यवस्था मिलाएको स्थानीय तहको भनाई छ ।

आफ्नो स्थानीय तहमा पशु वस्तुहरू पालन गरी एक वडा एक उत्पादनलाई प्राथमिकतामा राखी अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनु भयो ।गाई भैँसी पालिका बार्षीक रूपमा दूध पाँच हजार लिटर भन्दा धेरै बिक्री गर्ने किसान मात्रै होइन दुग्ध सङ्कलन गर्ने सहकारीलाई समेत अनुदानको व्यवस्था गरेको छ । यसरी सहकारी लाई प्रदान गरेको अनुदान भने सबै किसानहरूलाई सहकारीले किसानहरूबाट सङ्कलन गरेको दूधको परिमाणको आधारमा दिइने छ । किसानहरूले स्थानीय तहबाट १२ हजार देखी पचपन्न हजारसम्म दूध बिक्री गरी अनुदान लिन सफल भएका छन् ।

दुग्ध उत्पादनमा लागेका किसान जसले दैनिक पचास लिटर दूध उत्पादन गर्दै आएका छन् उनीहरूले अनुदान लिनका लागी बिस प्रतिशत उत्पादन अनिवार्य बढाउनु पर्ने छ । सो बापत प्रतिलिटर उत्पादनको तिन रुपैयाँ पचास पैसा किसानहरूलाई उपलब्ध गराइने छ । यसरी दिइएको अनुदान निकै प्रभावकारी भएको किसानहरूको बुझाई छ । जसका कारण गाई भैँसी ब्यवसायीक रूपमा नै पाल्न किसानहरूले सुरु गरेको छ । किसानहरूलाई यान्त्रीकरण र चारो खरिदमा दिइएको अनुदान भन्दा दूध नै उत्पादनको आधारमा दिइने अनुदान खास किसानले पाउने किसानहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij