Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

तथ्याङ्कमा एसईईको सम्पूर्ण नतिजा हेर्नुहोस्

तथ्याङ्कमा एसईईको सम्पूर्ण नतिजा हेर्नुहोस्

काठमाडौँ : यस वर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा प्रकाशनपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नतिजा अनुसार जिपिए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् । यस्तै सबैभन्दा धेरै परीक्षार्थी जिपिए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।

यस्तै जिपिए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।नतिजाअनुसार यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

12345

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij