Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोलामा बाढीको जोखिम : प्रशासनको सचेत रहन आग्रह

भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोलामा बाढीको जोखिम : प्रशासनको सचेत रहन आग्रह

काठमाडौं, असार १२ : भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोलाको आसपास बाढीको जोखिम बढेपछि रसुवाको स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन वासिन्दालाई आग्रह गरेको छ।

नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण भोटेकोशी, त्रिशुली, चिलिमे लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्रशासनले विशेषगरी नदी किनारमा रहेका बस्ती, निर्माणाधीन आयोजना र सवारी साधन चलाउनेहरूलाई सतर्क रहन सुझाव दिएको छ। सम्भावित बाढी र पहिरोका कारण सडक संरचना प्रभावित हुन सक्ने भएकाले यात्रामा विशेष ध्यान दिन भनिएको छ।

धादिङ जिल्लासमेत त्रिशुली नदीको तटीय क्षेत्र परेकाले त्यहाँका वासिन्दालाई पनि सजग रहन प्रशासनले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा बस्न वा सर्ने तयारी राख्न समेत प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij