पटिहानीमा भोलिवाट भलिबल
चितवन : पर्यटकीय गन्तव्य पटिहानीमा भोलिबाट खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैछ । ढोरपाटन चितवन मैत्री समाज, भरतपुरको आयोजनामा सुरु हुने प्रतियोगितामामा चितवन भित्रका विभिन्न १६ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा बिजेताले नगद रु.१ लाख र उपबिजेताले नगद रु. ५० हजारसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । पदमोदय युवा क्लब परिसरमा असार १५ गतेसम्म संचालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका, २२ नम्वर वडा कार्यालय रहेको छ भने प्रबर्द्धकमा चितवन जिल्ला खेलकुद बिकास समिति, प्रायोजकमा सेन्ट्रल कलेज र सहयोगी संस्थामा पदमोदय युवा क्लब रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij