Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पूर्वमन्त्री पाण्डेद्धारा पश्चिम चितवनको पहिलो लिफ्ट सिचाई आयोजनाको उद्घाटन

पूर्वमन्त्री पाण्डेद्धारा पश्चिम चितवनको पहिलो लिफ्ट सिचाई आयोजनाको उद्घाटन

पूर्वमन्त्री विक्रम पाण्डेले आज पश्चिम चितवनको पहिलो योजना पशुपति केरुङगा लिफ्ट सिचाई आयोजनाको उद्घाटन गर्नुभएको छ । भरतपुर २३ नयाँ वस्तीमा यो आयोजना निर्माण भएको हो । सो अवसरमा पाण्डेले कृषिको लागि यो लिफ्ट सिचाई आयोजना कोशेढुङगा सावित हुने वताउनुभएको छ ।

चितवन क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका पाण्डेले किसानको हितको लागि आयोजना निर्माणको पहल र बजेट विनियोजनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उद्घाटन पश्चात उहाँले यस आयोजनाले सिचाँई हुने जमिनको स्थलगत अनुगमन पनि गर्नुभएको छ ।

भरतपुर २३ नयाँ वस्तीमा रहेको यस आयोजनाले अहिले ३० विगाह जमिनमा सिचाँई गर्न सहयोग गरेको छ । “भरतपुर वडा नं. २३ र २४ लाई लक्षित गरि निर्माण गरिएको हो अहिले २३ का किसानले उपभोग गरेका छन , आयोजनाका अध्यक्ष मनोज पुडासैनीले भन्नुभयो विस्तारै हामी २४ मा पनि पु¥याउँछौ” । बाह्रै महिना किसानहरुले यस आयोजनाबाट सिचाँई गर्न पाउने पुडासैनीको भनाई छ ।

उहाँले २०५८ सालमा पुर्वमन्त्री पाण्डेले यस ठाउँमा भुमिगत जलसिचाई सुरु गरेको स्मरण गर्दै अहिले लिफ्ट सिचाँई पनि सुरु गरेर जनतामा थप खुसी बाँडेको बताउनुभयो । वर्षको ३ बालीसम्म खेती भएको अध्यक्ष पुडासैनीले वताउनुभयो ।

यसैविच पुर्वमन्त्री पाण्डेले भरतपुर २३ पशुपतिधाममा सनातन पार्क बनाउने घोषणा समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij