काठमाडौँ : विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन शिक्षा समिति अन्तर्गत परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको छ । बिहीबार बिहान ८ बजेदेखि उपसमितिको बैठक बसिरहेको हो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाको संयोजकत्वमा रहेको परामर्श उपसमितिले विवादित विषयमा छलफल गरिरहेको छ ।
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन आज दिउँसो १ बजे शिक्षा समिति बैठक बोलाइएको थियो । तर,उपसमितिले विवादित विषयमा टुङ्गो नलगाएपछि शिक्षा समिति बैठक बस्न सकेन । परामर्श उपसमितिबाट विवादित विषय टुङ्गो लगाएपछि समिति बैठकमा पेस गरिनेछ ।
विधेयकमा निजी विद्यालय र प्रारम्भिक बाल विकास शिक्षाको विषयमा विवाद रहँदै आएको छ । सरकारले निजी विद्यालयको हकमा कम्पनी र गुठी दुवै मार्फत सञ्चालन गर्न दिने गरी विकल्प अघि सारेको छ ।
त्यस्तै बाल विकासको हकका दुई वर्षे बनाउने भन्ने रहेको छ । यी दुई विषयसहित अन्य केही विषयमा समेत विवाद देखिएको छ । आज र भोलिमा विधेयक टुङ्गो लगाउने समितिको तयारी छ । समितिले टुङ्गो लगाएपछि असार १५ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij