Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पालाई प्रदान गरिने

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पालाई प्रदान गरिने

काठमाडौँ : यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउन्डेसनले यसबारे जानकारी दिएको हो ।

फाउन्डेसनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहनुभएका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।

शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण सङ्घको नेतृत्व गरेका थिए । शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij