Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनचाँदी व्यवसायीले विलासिता करको विरोधमा शुक्रबार प्रदर्शन गर्ने

सुनचाँदी व्यवसायीले विलासिता करको विरोधमा शुक्रबार प्रदर्शन गर्ने

काठमाडौँ : सुनचाँदी व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गर्ने भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा शुक्रबार काठमाडौँमा संयुक्त र्‍याली आयोजना गर्न लागिएको हो ।

‘अव्यवहारिक करको विरोधमा संघ, महासंघहरुबाट संयुक्त रूपमा विभिन्न नियामक निकाय तथा उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरी ज्ञापन पत्र बुझाउने कार्यसहित चरणबद्ध रूपमा विरोध कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्वविदितै छ ,’ नेपाल सुनचाँदी शिल्प व्यवसायी महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा, सरकार पक्षबाट व्यवसायीहरूको हक हितका विषयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त भए तापनि, ती प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन थप सशक्त र व्यवस्थित ढङ्गले दबाबमूलक कार्यक्रमहरू अघि बढाउन आवश्यक देखिएकोले संयुक्त महासंघद्वारा सरकारद्वारा लागु गरिएको कर प्रणालीको विरोधमा संयुक्त बृहत् एवम् खबरदारी सभा र्‍याली आयोजना गरेको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij