Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

कृष्णभिरमा सवारी आवागमन एकतर्फी मात्र सञ्चालनमा

कृष्णभिरमा सवारी आवागमन एकतर्फी मात्र सञ्चालनमा

धादिङ : पहिरोले कृष्ण भिरमा पृथ्वी राजमार्ग चर्किएर भासिँदा सवारी एकतर्फी मात्रै सञ्चालनमा रहेको छ ।सडक निर्माणका क्रममा माइक्रोपाईलिङ्ग प्रविधिबाट फलामे बिम राखिसकेको र रक याङ्करीङ्गका लागि भारतबाट फलामे डण्डी ल्याउनु पर्ने भएकोले काम केही ढिलो भएको सडक विभागले जनाएको छ ।अब भने स्थायी रुपमै स्टेबल हुने प्रविधिबाट पहिरो रोकथामको काम भैरहेको सडक विभागले जनाएको छ ।

पानी पर्ने क्रम सुरु भएसँगै पहिरोले फेरि दुख दिन सक्ने भएकोले काम तीव्र रुपमा सम्पन्न गर्न धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निर्देशन दिनुभएको छ ।अहिले कृष्ण भिरमा पहिरो रोकथामका लागि पहिलो चरणको काम भैरहेको बताउँदै असार महिनामै पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य रहेको प्राविधिकहरुको भनाइ छ ।

लामो समयको प्रयासपछि पहिरो रोकथाम गरेकै स्थानमा पुनः २० वर्षपछि पहिरो जान सुरु भएको हो ।करिव ८० मिटर क्षेत्रमा पहिरो जान सुरु गरेकोले यस क्षेत्रमा माईक्रो पाइलिङ्ग प्रविधिबाट पहिरो रोकथामको काम अघि बढाइएको हो ।

फलामे बिम राखी सकेको र ३० मिटर होरिजेन्टल ड्रिलिङ्ग गरी जमीन मुनिको ढुङ्गामा याङ्करीङ्ग गर्ने तयारी भइरहेको छ ।काम सकिएसँगै अब कृष्ण भिरमा पहिरो जान रोकिने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij