काठमाडौँ : काठमाडौँको विष्णुमती खोलामा कारसहित खसेकी युवतीको प्रहरीले उद्धार गरेको छ। गएराति सवा १० बजेतिर काठमाडौँको टोखा नगरपालिका- ६ ग्राण्डी अस्पताल पछाडीबाट बा.प्र.०१-०३१ च ६१४१ नम्बरको प्राइभेट ईभी कार विष्णुमती खोलामा खसेको थियो।
दुई जना सवार कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए।
कार बिष्णुमतीमा खसेपछि चालक सिंह तत्लालै गाडीबाट बाहिर निस्केपनि एक यात्रु भने कारसहित बाढीमा बगेकी थिइन्। दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्दै आएकी ३४ वर्षीया भावना ओलीलाई बाढीबाट प्रहरीले उद्धार गरेर बाहिर निकालेको छ।
उनलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बाेहाेराले जानकारी दिए। हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij