Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

खानुहोस् यी खाने कुराहरू मुटु स्वस्थ राख्न चाहानुहुन्छ ?

खानुहोस् यी खाने कुराहरू मुटु स्वस्थ राख्न चाहानुहुन्छ ?

मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्त्वपूर्ण अङ्ग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिङ्गो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अङ्गको भन्दा बढी संवेदनशील हुने गर्छ ।शरीरको तौलको अनुपातमा मुटुको तौल ०.५ प्रतिशत जति मात्र भए पनि विश्वभर वार्षिक ८०–८५ लाख मान्छे मुटुरोगबाट मर्छन्।

अझ मुटुरोगसँगै रक्तनलीका रोगहरूलाई समेत जोड्ने हो भने यो सङ्ख्या १ करोड ७३ लाख पुग्न जान्छ। तीमध्ये ७३ लाख जति मुटुलाई रक्त आपूर्ति गर्ने नसासम्बन्धी ( कोरोनरी ) हृदयरोगका कारणले मर्छन् त्यो मुटुरोगबाट हुने मृत्युको ८० प्रतिशत हो।

प्राकृतिक खाने कुराको सेवन, प्रशोधित र परिष्कृत खाने कुराको त्याग र धूम्रपान एवं मद्यपानको त्याग एवं सन्तुलित भोजन साथै उच्च रक्तचाप, मधुमेह, तनाव आदि रोग मैत्री खानेकुराद्वारा पनि यो रोगलाई धेरै हदसम्म लगाम लगाउन सकिन्छ ।

मुटु रोगीले के खाने ?

१. हरियो सागपात

२.एभोकाडो

३. बेरी–ऐसेलु

४.ओखर

५. बदाम

६. गोलभेँडा

७. लसुन

८. खरबुजा

९. आलस/चिया सिड/भाङको बिउ

१०. सिमी/बोडी

११. जैतुनको तेल

१२. जडीबुटीको काँढा

१३. प्रोबायोटिक्सयुक्त खाने कुरा

१४. सग्लो अनाज

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij