मकवानपुर : बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्रीको ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण कार्यक्रम गरेकोे छ ।आइडिया हब इन्टरनेशलन प्रालिसँगको सहकार्यमा बागमती प्रदेशको श्रम रोजागर तथा यातायात मन्त्रालयले ड्राने मार्फत् अत्यावश्यक सामग्रीको ढुवानी कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अभ्यास गरेको हो । हेटौडा ६ स्थित गौरीटार रंगशालामा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा २५ केजि भार सहितको ड्रोन सफलतापूर्वक परिक्षण गरिएको थियो ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले ड्रोन प्राविधिको प्रयोग बिपद् व्यवस्थापनमा अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत पुराउन नसक्ने स्थितिमा ड्रोन प्रविधि उपयोगी विकल्प हुन सक्ने उहाँको धारणा थियो । उहाँले देशको भौगोलिक विविधता, जोखिमयुक्त क्षेत्र तथा प्राकृतिक प्रकोपको समयमा ड्रोन प्रविधि प्रभावकारी हुने बताउनुभयो । यसको नियमनका लागि प्रदेश सरकारले आवश्यक कानून निर्माण गर्ने उहाँले बताउनुभयो । नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा बाहिरी उत्पादनमा निर्भर रहनुभन्दा आफ्नै प्रविधि विकास गर्नुपर्नेमा मुख्यमन्त्री लामाकोे जोड थियो ।
कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले नेपाल प्रविधिसँगै अपडेट हुँदै गएको बताउनुभयो । हरेक क्षेत्रमा प्रविधिको आवश्यकता रहेकोमा जोड दिदै मन्त्री महर्जनले यातायात, विपद् व्यवस्थापन र सुशासनमा पनि प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विपद्को समयमा ड्रोनको प्रयोग बागमती प्रदेशमा मात्रै नभई नेपालकै लागि प्रभावकारी देखिने उहाँले बताउनुभयो । प्राकृतिक प्रकोपको मुख्य कारण डोजरे विकास पनि भएको तर्फ संकेत गर्दै मन्त्री महर्जनले प्रकृतिमैत्री विकासका लागि ड्रोन प्रविधि उपयुक्त हुने धारणा राख्नुभयो ।आइडिया हब इन्टरनेसनलका सुरज पौडेलले ड्रोनको प्रयोग केवल फोटो वा भिडियो खिच्नेका लागि मात्र नभई अत्यावश्यक राहत सामग्री बोक्न, ड्रोन मार्फत् विषादी छर्न समेत प्रयोग गर्न सकिने बताउनुभयो । ड्रोन प्रविधि तीव्र रूपमा अपडेट हुँदै गइरहेको सन्दर्भमा पुराना नियम कानूनहरूलाई संशोधन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सडक नभएको, डुबान, पहिरो वा अन्य संकटका समयमा एउटा डाँडाबाट अर्को डाँडामा समेत राहत सामग्री पुराउन सकिने उहाँले बताउनुभयो ।कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, नेकपा एमालेका सचेतक मधुसुदन पौडेल, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा लगायतको उपस्थिती थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij