Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

‘ऐरी’को छायांकनका क्रममा सोनमको खुट्टा भाँचियो

‘ऐरी’को छायांकनका क्रममा सोनमको खुट्टा भाँचियो

नायक सोनम तोप्देन फिल्म ‘ऐरी’को छायांकनका क्रममा घाइते भएका छन् । उनको देब्रे खुट्टा भाँचिएको छ । हाल उनको पोखरामा रहेको चरक अस्पतालमा उपचार भइरहेको छ । सोनमले अस्पतालबाट मेरो फिल्मसँग भने–‘एक साता अगाडि यस्तो घटना घटेको हो । अब, एक महिना भन्दा लामो समय आराम गर्नुपर्ने हुन्छ ।’

फिल्ममा नायक प्रदीप खड्कासँग एक्सनको दृश्य गर्ने क्रममा उनको खुट्टा भाँचिएको हो । प्रदीपले रुखबाट हाफ फालेर सोनमसँग फाइट खेल्नुपर्ने दृश्य थियो । सो दृश्य खिच्ने क्रममा प्रदीपको खुट्टा सोनमको खुट्टामा ठोकिएको थियो ।

सेटमा यस्तो घटना घटेपछि सोनमलाई हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । सोनमको खुट्टा नै भाँचिएपछि उनको दृश्यको छायांकन अनिश्चित बनेको छ । सोनमले फिल्म ‘जलाकी’मा पनि काम गरिरहेका छन् । जीवन थापाको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन ढोरपाटनमा भइरहेको छ । फिल्ममा नायक धिरज मगरको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij