Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

सुर्खेत: कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । १५ असार आइतबार दिन राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेशका जुम्लाबाहेक जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट १७ चैत्र २०८१ निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताए ।धान दिवसका अवसरमा भने जुम्लामा १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij