Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री

सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने बताएका छन् । मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको भन्दै अहिले सरकारले नियमन गर्ने विधेयक निर्माण गरिरहेको जानकारी दिए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने पनि स्पष्ट पारे ।

सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने प्रस्ट पार्दै उनले विधेयक पास भएसँगै समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ । नेपालको कानुन मान्नुपर्छ। नेपालको नियम मान्नुपर्छ भन्ने भनेका छौँ। विधेयक पास भइसकेपछि यो समस्या समाधान हुनेछ। विधेयक पास नभएसम्म निर्देशिकाको आधारमा सञ्चालन गर्नेछौँ’, गुरुङले भने, त्यसपछि पनि नआए नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने छैन । त्यसको व्यवस्थापन हामी गर्छौँ ।’

मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाइएको बताए ।

सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको छ’, मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij