Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

२ दिन त्रिभुवन राजपथ बन्द हुने

२ दिन त्रिभुवन राजपथ बन्द हुने

हेटौँडा : त्रिभुवन राजपथ सडकखण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिने भएको हो

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।

सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याइने भएकाले दुई सडक आवागमन बन्द हुने भएको हो । सडक दिउँसो १२ बजेदेखि ४ (चार घण्टा) सम्म बन्द गरिनेछ ।

nn

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij