काठमाडौं : असार १०, नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज् (NAS-IT) ले नेपाल राष्ट्र बैंक (NRB) द्वारा ल्याइएको ऐतिहासिक नीतिगत सुधारको हार्दिक स्वागत गर्दछ। यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीहरूका लागि लामो समयदेखिको अवरोध हटाएको छ। नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरिएको चौथो संशोधन मार्फत् २०८२ साल असार ४ गते प्रकाशित नयाँ व्यवस्थाले नेपालको सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्न कानुनी बाटो खोलिदिएको छ। नयाँ व्यवस्थाअनुसार विनियमावलीको परिच्छेद ५(क) अन्तर्गत विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यातबाट विदेशी मुद्रा आम्दानी गर्दै आएका कम्पनीहरूलाई विदेशमा लगानी गर्न आवश्यक विदेशी मुद्रा उपयोग गर्न अनुमति दिइनेछ। उक्त लगानी सीमा कम्पनीको पछिल्ला तीन वर्षको औसत विदेशी मुद्रा आम्दानीको ५०% वा अधिकतम १० लाख अमेरिकी डलर (वा सो बराबरको अरु विदेशी मुद्रा) मध्ये जुन कम हुन्छ, त्यति सम्म कायम गर्न पाउनेछ।
विगत केही वर्षदेखि नास आईटी र सम्पूर्ण प्रविधि समुदायले नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमाउपस्थिति विस्तार गर्न, सञ्चालन क्षमता बढाउन र नेपाललाई विश्वसनीय आईटी हबको रूपमा स्थापित गर्नयस्तो नीतिको आवश्यकता औंल्याउँदै आएका थिए।सरकार र नेपाल राष्ट्र बैंकले प्रविधि उद्योगको आवश्यकतालाई बुझेको र यसलाई सम्बोधन गरेकोमा नास आईटीले हार्दिक प्रशंसा व्यक्त गर्दछ। यो नीतिगत सुधार सरकारद्वारा २०८१ साल पुष २९ गते ल्याइएको आर्थिक तथा व्यापारिक वातावरण सुधा र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को निरन्तरता हो। उक्त अध्यादेशले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९, कम्पनी ऐन २०६३ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७६ मा आवश्यक संशोधन गर्दै प्रविधि कम्पनीहरूलाई विदेशमा लगानी गर्न कानुनीआधार तयार पारेको थियो।यस ऐतिहासिक निर्णयका लागि नास आईटीले सरकार तथा नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गर्दछ।
नास आईटी परिचय:
नास आईटी (नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्) नेपालकै अग्रणीमुनाफा वितरण नगर्ने संस्था हो जुन देशको प्रविधि उद्योगको समग्र विकासका लागि प्रतिबद्ध छ। संस्थाले नवप्रवर्तन प्रवर्द्धन, उद्यमशीलताको समर्थन, सहकार्यको प्रवर्द्धन र नेपालका प्रविधि कम्पनीहरूलाई विश्वबजारमा सफल बनाउन अवसरहरू सिर्जना गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij