Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

चौलानीले कपाल धुँदा के हुन्छ ?

चौलानीले कपाल धुँदा के हुन्छ ?

काठमाडौँ : पछिल्ला केही वर्षहरूमा छाला र कपालको हेरचाहमा चामलको पानी अर्थात् चौलानीको प्रयोग गर्ने चलन धेरै बढेको छ ।

चौलानी छाला र कपालको लागि धेरै फाइदाजनक मानिन्छ । यसलाई छाला र कपालमा लगाउनाले धेरै फाइदा हुन्छ भन्ने कुरा हामीले सुन्दै पनि आएका छौँ । आजको यस लेखमा हामी कपालमा चौलानी प्रयोग गर्दा हुने फाइदाहरूबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:

कपालको वृद्धिको लागि चामलको पानी धेरै फाइदाजनक मानिन्छ । चौलानीले कपाललाई बलियो बनाउँछ । चौलानीमा इनोसिटोल हुन्छ, जुन कपालको गहिराइमा जान्छ, बिस्तारै बिस्तारै कपाललाई सुरक्षा दिन्छ र यसलाई बलियो बनाउँछ ।

चामलको पानीले तपाईंको कपाललाई मोइस्चराइज गर्छ, सुख्खापनबाट रोक्छ । यसले कपालको बनावटलाई नरम बनाउँछ र घुमाउरो कपाललाई व्यवस्थापन गर्न धेरै सजिलो बनाउँछ । कपालमा चामलको पानी प्रयोग गर्दा कपाल चम्किलो र नरम पनि हुन्छ ।

चौलानीमा धेरै स्टार्च हुन्छ, जुन कपालमा लगाउन धेरै फाइदाजनक हुन्छ । चामललाई एक दुई पानी पखालेर भिजाएर राख्नुहोस् । तीस मिनेटपछि सो पानीलाई छानेर एउटा भाडामा निकाल्नु होस् । यो पानीलाई एक दिनको लागि त्यत्तिकै रहन दिनुहोस् । यसरी चौलानीलाई राख्दा यसको एन्टिअक्सिडेन्ट स्तर बढ्छ ।

चौलानीले यसरी धुनुस् कपाल

आफ्नो कपाललाई स्याम्पु र कन्डिसनरले धुनुहोस् । त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस् । अनि चौलानीलाई आफ्नो कपालमा खन्याउनुहोस् र २० मिनेटसम्म मालिस गर्नुहोस् । अरू १० मिनेटसम्म यसलाई त्यत्तिकै रहन दिनुहोस् अनि राम्रोसँग कपाल धुनुहोस् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij