Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

२ अर्ब ९० करोड रुपैयाँको बजेट हेटौँडाले ल्यायो

२ अर्ब ९० करोड रुपैयाँको बजेट हेटौँडाले ल्यायो

मकवानपुर : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन् ।

हेटौँडाले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । हेटौँडाले आगामी आर्थिक वर्षकाको खर्च बेहाेर्ने स्रोत तर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ भने प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ ।

हेटौँडाका लागि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको छ ।

हेटौँडाले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८ढ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौँडाले शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ५ करोड ५१ लाख रुपैयाँ, स्वास्थ्य तर्फ मेयरसँग जनता स्वास्थ्य कार्यक्रम, पोषण कोसेली घर भेटघाट गर्ने, निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, निःशुल्क रक्त सेवा कार्यक्रम, डाइलायसिस लगायतका सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ सहित स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमका लागि २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । महिला, बालबालिका तथा समावेशीकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौँडा अस्पतालमा निर्माणाधीन बाल एन।आईसियु/पिआईसियू सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका (बहुवर्षिय योजना) लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संस्कृति प्रवर्द्धन कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख विनियोजन गरिएको छ । हेटौँडाको न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख बजेट व्यवस्था गरिएको छ । सामाजिक विकास अन्तर्गत योजना तथा कार्यक्रमका १६ करोड ८३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौँडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । हेटौँडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङ्ग शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोसेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । हेटौँडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अटोभिलेज पूर्वाधार निर्माण हेटौँडा–११, वाटर फन पार्क हेटौँडा–१४, गङ्गा आरती स्थल हेटौँडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij