काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ ।सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६०३.४६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ ।
सेसन अवधिमा ३७ कम्पनीका ६१ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।कारोबार हुँदा २१ वटाको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij