Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

काठमाडौँ : कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान RA 239/240 आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो ।

निगमले सम्बन्धित उडानका यात्रुहरूलाई निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ। उडान रद्द हुनाले यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij