Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं : १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए। १० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन्। उनको बलिङमा तीन मेडन समेटिएको छ।जापानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन शर्मा र अभय यादवले दुईदुई विकेट हात पार्दा सुशील बहादुर रावलले एक विकेट हात पारे।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र ग्याबी हाराहिन्जे १३ रन बनाए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ३४.३ बलमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटिएको हो।मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङ गरेको हो।

पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले भुटानलाई हराएका थिए।एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।जापानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट