नवलपुर : नवलपुरको खरंगे खोलामा पानी वहाब बढेपछि पूर्व पश्चिम राजमार्गको नारायणघट–बुटवल सडक अवरुद्ध भएको छ ।विनयी त्रिवेणी गाउँपालिका–३ मा पर्ने खरंगे खोलामा बर्षातपछि पानीको बहाव बढ्दा सवारी आउजाउ ठप्प भएको हो ।सोमबार बिहानदेखि सवारी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बताए । उनका अनुसार यो वैकल्पिक मार्ग हो ।
विनयी त्रिवेणी गाउँपालिका– १ मा पर्ने विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडकलाई साना सवारी ओहोरदोहोर गर्ने वैकल्पिक मार्ग बनाइएको डिएसपी नेपालको भनाइ छ ।भेलबाढी पछि साना सवारी पनि ठप्प भएको उनले बताए ।
‘खहरे खोला हो पाल्पातिर बर्षात भएपछि यता बढेर आउँछ । पानीको बहाव कतिबेला घट्छ भन्नै सकिदैन’, उनले भने ।विनयी खोलाको डाइभर्सन बगाएपछि ठूला मालवहाक सवारी भने नारायणघट–बुटवल खण्डमा ठप्प भएको उनले जानकारी दिए ।विनयी खोलासँगै दाउन्नेमा पनि सवारी पास हुन निकै समस्या छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij