Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, बाढीले डाइभर्सन बगायो

नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, बाढीले डाइभर्सन बगायो

काठमाडौँ : सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ । यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ । यससँगै सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij