काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले प्रहरी जवान भनेको प्रहरी संगठनको मेरुदण्ड रहेको बताएका छन् ।आइतबार प्रहरी वृत्त दरवारमार्गको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्दौ एसएसपी अधिकारीले जवान भनेको संगठनको मेरूदण्ड रहेको र संगठनमा जवानको योगदान समेत उच्च रहेको समेत बताए ।
सेवाग्राहीहरुसंगको दैनिक व्यवहारमा व्यावसायिकता प्रदर्शन गर्न र सभ्य शिष्ट तवरले प्रस्तुत हुन, आफुलाई तोकिएको जिम्मेवारी अनुसार सबै दर्जाका प्रहरी कर्मचारीहरूले प्रभावकारी र उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्न उनले निर्देशन समेत दिए ।
निरीक्षणको क्रममा उनले मौसमजन्य विपदको बेलामा आफ्नो कार्यालयमा भएको उद्धारका सामाग्रीहरू तयारी रूपमा राख्न र तत्कालै परिचालन हुन सक्ने अवस्थामा रहन समेत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij