रामेछाप : रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र वडा नं ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्की पुल फेरि भाँचिएको छ ।निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल आइतबार बिहान भाँचिएको हो । यस अगाडि उक्त पुल गत बैशाख २५ गते भाँचिएको थियो ।
वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ ।
कालिका – कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो ।०७८ सालबाट निर्माण सुरु गरिएको उक्त पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौँथो स्पान भाँचिएको हो ।
पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका बारेमा प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij