काठमाडौँ ।आफूले नेतृत्व गरेको कार्यालयको बजेटमाथि प्रतिनिधिसभामा छलफल हुँदा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा नआएको भन्दै सांसद प्रभु साहले आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका कार्यालयको बजेटबारे छलफल नहुँदा प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि सांसद साहले आपत्ति जनाएका हुन् ।
‘आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमाथिको छलफल सदनमा छ । प्रधानमन्त्रीज्यू सदनमा हुनुहुन्न,’ सांसद साहले भने, ‘उहाँ स्वदेशमा हुनुहुन्छ । काठमाडौँमा हुनुहुन्छ । संसदमा नआएर अपमान गरिरहनुभएको छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij