काठमाडौँ : राष्ट्र बैँकले सोमवार (भोलि) ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैँकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो । बैँकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ ।
नेपाल राष्ट्र बैँकले दिएको जानकारीअनुसार निक्षेप बढेको बढ्यै गर्दा सोमवार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने भोली बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन १८ गते भुक्तानी हुने राष्ट्र बैँकले जनाएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ । बैँकमा ठुलो मात्रमा निक्षेप थ्रुपिए पनि लगानी हुन सकिरहेको छैन । लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैँकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ । कर्जा प्रवाह नबढ्ने र बैँकमा अधिक तरलता भए पनि राष्ट्र बैँकले रकम खिच्दै आएको छ ।
राष्ट्र बैँकले बोलकबलमार्फत पुँजी धेरै हुँदा मात्रै नभई कम हुँदा पनि मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । गत साता पनि नेपाल राष्ट्र बैँकले एकैदिन ९० अर्ब खिचेको थियो । राष्ट्र बैँकले रिभर्स रिपो, निक्षेप सङ्कलन, आउटराइट सेल र बन्ड जस्ता उपकरणमार्फत प्रणालीमा अधिक भएको रकम खिच्ने गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij