Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

३ करोडभन्दा बढी भुक्तानीमा मौलापुरको 'फ्री बिजुली, फ्री पानी' योजना

३ करोडभन्दा बढी भुक्तानीमा मौलापुरको 'फ्री बिजुली, फ्री पानी' योजना

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले "फ्री बिजुली, फ्री पानी" योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले शुक्रबार प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्। यो रकम चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि नै रु २ करोड ५७ लाख १० हजार निकासा गरिसकेको नगरपालिकाले हालसम्म यो योजनामा कुल रु ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए। प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ।

शून्य कर नीतिअन्तर्गत मौलापुरले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुलबाट पूर्णतः मुक्त गराउँदै आएको छ।सामान्य प्रशासनिक संरचनाले कर संकलन गरी सेवा प्रवाह गर्ने चलनलाई चुनौती दिँदै मौलापुरले निःशुल्क आधारभूत सेवा वितरणको नयाँ मापदण्ड स्थापना गरेको छ। साहले "अपन नगर, मौलापुर नगर" नारामार्फत आफूले जनतामा विशेष भरोसा र अपनत्व बढाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij