Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे ।

उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ ।’

काठमाडौँमा आयोजित बृहत् थारु सांस्कृतिक कार्यक्रममा बोल्दै संरक्षक चौधरीले भने, ‘म राजनीतिक व्यक्ति होइन, मलाई जबरजस्ती बनाइएको हो, म सांस्कृतिक व्यक्ति हुँ ।’

यो राज्यले थारुमाथि गरेको अन्यायको बयान समेत गर्न नसकिने बताउँदै उनले टिकापुर घटनाले थुप्रै थारु चेलीबेटीको चिर हरन गरेको भन्दै दुःख व्यक्त गरे । सो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाउने कार्य भयो तर त्यसका लागि कोही पनि नबोलेको उनले गुनासो गरे ।

टिकापुर घटनामा आफू संलग्न नभए पनि राज्यले थुनेको गुनासो गर्दै उनले भने, ‘मैले जेलबाट नै राज्यलाई गीतको माध्यमबाट प्रश्नहरू गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij