काठमाडौँ : नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी तथा पहिरो प्रभाव देखिएको छ । यसले गर्दा केही स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बिहान ११ बजे जारी गरिएको सूचनाका अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण महेन्द्र राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा घोराही रुकुम सहिद राजमार्ग र पाल्पाको तिनाउ गाउँपालिका–२ को सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्णरुपमा अवरोध रहे
को छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij