Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

काठमाडौँ : भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।

नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ । दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भएको छ।’

इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सकिनेछ: +९८९०१०१४४५५७, +९८९१२८१०९११५ र +९८९१२८१०९१९ ।

इरान र इजरायलबिच तनाव सुरु भएपछि इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij