Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको छ : शिक्षामन्त्री पन्त

योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको छ : शिक्षामन्त्री पन्त

काठमाडौँ :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् ।

आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको बताए ।

उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योगको गहिराई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij