Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल

इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल

काठमाडौँ : इजरायल र इरान युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा शुक्रबार परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्तरीय बैठक सम्पन्न भएको छ ।

ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।

नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरु भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

यसका लागि सम्बद्ध अरू तीन मन्त्रालयका समेत अधिकारीहरू सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घण्टा काम गर्ने निर्णय पनि भएको छ ।

बैठकमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा,श्रम मन्त्री शरतसिंह भण्डारी,मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij