Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह

विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह

काठमाडौँ :  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । पार्टीको विपद् व्यवस्थापन विभागले शुक्रबार राजधानीमा गरेको ‘नेपालमा विपद्को अवस्था, समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले मौसम विभागले ठुलो विपद् आउन सक्ने अनुमान गरेकाले पूर्व तयारीमा जुट्न सरकारी, गैरसरकारी, राजनीतिक दल, भातृसंगठन लगायत सबैलाई आग्रह गरेका हुन् ।

‘यसवर्ष मौसम पहिलाको भन्दा अझ ठुलो स्केलको हुन्छ भन्ने मौसमविद्को अनुमान छ । त्यसकारण ठुलो खतराको सननिकट हामी छौँ । यसको तयारीका लागि सबै सरकारी गैरसरकारी, राजनीतिक दल, भातृसंगठन तथा सबै सङ्घ संस्थाहरू क्रियाशील हुनुपर्ने छ’, उनले भने, ‘विपद् नआउँदासम्म त्यसको तयारीमा त्यति ध्यान नदिने, आइसकेपछि तयारी नपुगेर ठुलो क्षतिको सामना गर्न बाध्य हुने । यो परिस्थितिको अन्त्यका निम्ति पनि हामीले आवश्यक ऐन, कानुन लगायत अन्य तयारी गर्नुपर्छ । विपद् आउनुभन्दा पहिले सम्पूर्ण तयारीमा जुट्न म आग्रह गर्छु ।’

यसमा राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणले बढी पहल लिन जरुरी उनले बताए । प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राख्नुपर्ने विज्ञको सुझावको आधारमा यसको गम्भीरतालाई लिएर आजै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

विपद् व्यवस्थापनको पूर्वतयारी, राहत तथा व्यवस्थापनका लागि सम्पूर्ण पार्टी र भातृसंगठनले स्वयम सेवक बनाएर जोखिम न्यूनीकरणमा भूमिका खेल्नमा उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij