Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

आठौँ 'म्याङ्‍गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ

आठौँ 'म्याङ्‍गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ

काठमाडौँ : स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको म्याङ्गो राइड सुरु भएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राइडको उद्घाटन गरेका छन् ।

स्थानीय अर्ग्यानिक आँपको प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना भएको हो । द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा भएको राइड ललितपुरको जाउलाखेलबाट सुरु भएको हो ।

राइड पहिलो दिन खुलेखानी हेटौँडा(पथलैया हुँदै बर्दिबास पुग्नेछ । दोस्रो दिन बर्दिबासको म्याङ्गो फार्म अवलोकन हुनेछ । त्यसपछि गाईघाट भिमान हुँदै फेरि बर्दिबास पुग्नेछ । तेस्रो तथा अन्तिम दिन बर्दिबासबाट हेटौँडा हुँदै टीकाभैरवमा राइड समाप्त हुनेछ ।

हन्ड्रेड्स ग्रुपको सहआयोजना रहेको राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड राइडर सहभागी छन् । जसमा डाइरेक्टर अमनप्रताप सिंह, कलाकार कर्मालगायत प्रोफेसनल राइडरहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij