चितवन : भरतपुरको सिजी ल्याण्डमार्कमा आर्थिक घोटाला गरेको आरोपमा तीन जना कर्मचारीलाई चितवन प्रहरीले पक्राउ परेका छन् । ल्याण्डमार्कका कानुन अधिकृत देवीप्रसाद पाैडेलले आर्थिक हिनामिना गरेको जाहेरी दिएसगै तीन कर्मचारी पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । चौधरी ग्रुपले भरतपुर सञ्चान गरेको व्यापारिक मलको सिईयो भारतिय नागरिक यान्ड्रु फरनान्डेज, व्यवस्थापक माधव अधिकारी र लेखा शाखा प्रमुखसहित तीन जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए । उनीहरुलाई आज (बिहीबार) नियन्त्रणमा लिई थपअनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सिजिले उनीहरूले ४५ लाखबढि घोटला गरेको आरोपसहितको जाहेरी कानुन अधिकृतले दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij